महिला स्वस्थ छन् भने परिवार पनि स्वस्थ हुन्छ । महिलाको स्वास्थ्यले उनको जीवनका सबै पक्षहरूलाई असर पुयाइरहेको हुन्छ। भनेको उनको घर परिवार काम र समुदाय सबै पक्षहरूलाई असर पर्छ । उनि स्वस्थ भए उनले धेरै भूमिका निर्वाह गर्न सक्ने र सबैसँग सुमधुर सम्बन्ध राख्न सक्छिन् । महिला र पुरुषमा फरक प्रजनन अंग हुन्छ । तुलनात्मक रूपमा पुरुषभन्दा महिलामा स्वास्थ्य समस्या धेरै हुन्छन् । विगतमा महिलाको स्वास्थ्यसेवा बारे जानकारि नहुँदा महिलाले धेरै सास्थि भोक्नु परिरहेको थियो । धेरै महिलाले रोग लुकाएर बस्छन्। त्यसले समयमै उपचार गरे निको हुने समस्या पनि जटिल बनिदिन्छ। अहिलेको समयमा महिलामा देखिने मुख्य समस्या केके हुन् रु यसबाट बच्ने उपाए रु यसै बारेमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेशालिटी हस्पिटलकी वरिष्ठ स्त्रि तथा प्रसुति रोग विशेषज्ञ प्रा डा शैलजा क्षेत्रीसँग महिला स्वास्थ्यका लागि शान्ति शर्माले गरेको कुराकानी आधारित् स्
महिलामा देखिने मुख्य स्वास्थ्य समस्या केके छन् ?
महिलामा जन्मे देखि मुत्यु सम्म नै समस्या देखिरहेको हुन्छ । विशेषगरि प्रजनन उमेरको महिलाहरु स्वास्थ्य समस्या लिएर आएका हुन्छन् । अधिकांश विवाहित महिलाहरु तल्लो पेट दुख्ने, गर्भवास्थामा समस्या, पाठेघरको ट्युमर, पीसीओडी र पाठेघरको मुखमा हुने संक्रमणबाट पीडित हुने गरेका छन् । यस्तै, अविवाहित महिलाहरुको हकमा भने सेतो पानी बग्ने, अनियमित महिनावारी, योनी चिलाउने समस्या देखा पर्छन् । प्रजनन उमेर वा महिनावारि सुकेपछि महिलामा पाठेघरको मुखको घाउ, गर्भावस्था र बच्चा जन्माउने बेलामा हुनसक्ने जटिलताहरू, पाठेघरमा मासु पलाउने, पिसाब सम्बन्धी समस्या, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पाठेघरको क्यान्स जस्ता समस्या हुने भएकाले समय समयमा स्वस्थ्य जाँच गराउनु पर्छ ।
अनियमित महिनावारी
सामान्यतया महिलाको उमेर किशोरावस्थामा प्रवेश गरेपछि १२ देखि १४ बर्षमा महिनावारी सुरु हुन्छ। महिनावारी सुरु भएको २ बर्ष सम्म अनियमित महिनावारी हुनु समान्य हो । तर १० बर्ष भन्दा छिटो र १६ बर्ष भन्दा ढिलो महिनावारी हुनु यसलाई समान्य मानिदैन् । महिनावारी भएको छ दिन पछि पनि रगत भैइर्यो, १५र१५ दिनमा महिनावारी भयो भने यसलाई समस्याको रुपमा लिईन्छ ।
महिनावारी चक्र व्यक्ति अनुसार २१ देखि ३५ दिनको हुन्छ जुन नियमित महिनावारी हो। तर विभिन्न कारण २१ दिनभन्दा अघि र ३५ दिनभन्दा बढी ढिला गरी महिनावारी हुने, रगत धेरै वा थोरै बग्ने, महिनावारी नै नहुने जस्ता समस्या पनि हुन सक्छ। कारण पत्ता लगाएर उपचार गरे अनियमित महिनावारीलाई नियमित बनाउन सकिन्छ । २० देखि ४५ उमेरका महिलामा अनियमित महिनावारीको समस्या देखा पर्छ ।
सेतो पानी तथा फोहर पानी बग्ने समस्या
महिनावारी हुनुअगाडि र भएको १५ दिनमै पानी जानु समान्य हो तर, पानी गन्हाउने, योनांग चिलाउने, सिँगान जस्तो पहेलो चिप्लो पानी र दही जस्तो चोक्टा पानी बग्नेको छ भने यस्तो बेला डाक्टरको परामर्श लिन जरुरि हुन्छ । यस्तो संक्रमण ब्याक्टेरिया र फंगस दुवैको कारणले हुन सक्छ। यसलाई औषधि खाएर नै निको पार्न सकिन्छ ।
महिनावारि सुकेपछि हुने समस्या
प्राय ५१ बर्षमा महिनावारि सुक्ने गर्छ । महिनावारी सुक्ने बेलामा धेरै महिलामा विभिन्न स्वास्थ्य समस्याहरु देखा पर्छन्। हड्डी खिईने, पेट दुख्ने, पिसाबमा संक्रमण हुने, हर्मोनको कमि जस्ता समस्या देखा पर्छन् । महिनावारि सुकेपछि क्यान्सरको जोखिम पनि बढने हुन्छ ।
बाँझोपनको समस्या
धेरै जस्तो महिलाहरुमा अनियमित महिनावारी, पीसीओडी, मोटोपन, संक्रमण, थाइरोइड जस्ता समस्याले बाँझोपन निम्त्याएको हुन्छ । डिम्बासयबाटले पीसीओडी, थाइरोइडका कारण अण्डा नबनाउदाँ बाँझोपनको समस्या भैइ रहेको छ । पाठेघरको संक्रमण, पाठेघरको ट्युमरले पनि बाँझोपन हुन जान्छ। थाइरोइडले गर्दा गर्भखेर जाने, बच्चा समय भन्दा छिटो जन्मिने हुन्छ ।
समस्या देखिनुका कारण
- जिवनशैलि
- खानपान
- हर्मोनले गर्दा
- आईरनको कमि
- एक्सरसाइजको कमि
- धुमपान, मदिरा लगायत पदार्थको सेवन
- कैफिन भएको पदार्थको अत्यधिक सेवन
- सर सफाइमा ध्यान नदिँदा
- जनचेतनाको कमी
महिलामा पाठेघर झर्ने समस्या ३०र३५ बर्षबाट सुरु भएको हुन्छ । तर उनिहरुलाई यो थाहानै हुदैन् उनिहरु अरुनै समस्या लिएर अस्पताल आँउने गर्छन् पछि जाँच गर्दा मात्र थाहा हुन्छ । यसरि महिलाहरुले आफ्नो रोग लुकाएर बसेका हुन्छन् । जसकारण सामन्य समस्या पनि जटिल रुप लिन्छ ।
समस्याबाट बच्ने उपाय
स्वास्थ्य समस्याको प्रमुख निराकरण नै जनचेतना अभिवृद्धि हो । जनचेतनाको कमीकै कारण धेरै समस्याहरु देखा पर्ने र समस्याको समयमै उपचार नगरेको पाईन्छ । विवाहित महिला वा २० देखि ६५ वर्ष उमेर भएका प्रत्येक महिलाले प्याप स्मियर जाँच अनिवार्य रुपमा गर्नुपर्छ । व्यक्तिगत सरसफाइमा ध्यान नदिँदा पनि धेरै समस्या देखिन्छ ।
व्यक्तिगत सरसफाइमा ध्यान दिने
- दैनिक एक्सरसाइज गर्ने
- खानपानमा ध्यान दिने
- तौल नियन्त्रण गर्ने
- महिनावारिको बेलामा विशेष ध्यान दिने
- २० देखि मथि उमेर भएका हरेम महिलाले प्रत्येक बर्ष प्याप स्मियर जाँच गर्ने
- समय—समयमा स्वास्थ्य जाँच गराउने
- थाइरोइडको समस्या भएको महिलाले चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्ने
- गर्भवास्थामा चिकित्सकको सम्पर्कमा बस्ने
- महिनावारि सुकेपछि हड्डी खिईने कम्जोर हुने भएकाले विशेष ध्यान दिने